मैत्रीपुर्ण टि–२० खेलमा जोन्टी ११ ले पारस ११ लाई १ विकेटले पराजित


काठमाडौं । अटिज्मकेयर नेपाल सोसाइटीको लागी आर्थिक संकलन गर्ने मुख्य उद्देश्यका साथ काठमान्डौ स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएको मैत्रीपुर्ण टि–२० खेलमा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सको टिम जोन्टी ११ ले पारस खड्काको टिम पारस ११ लाई १ विकेटले पराजित गरेको छ ।

मैत्रीपुर्णखेलमा पहिले ब्याटिङ गरेको पारस ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रनको विशाल योगफल तयार पारेको थियो जवाफमा जोन्टी ११ ले निर्धारित ९ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । पारस ११ को लागी ब्याटिङमा दिपेन्द्र सिह ऐरिले ३२ , कप्तान पारस खड्काले २८ तथा सोनु तामाङ र कुसल भुर्तेलले समान २२–२२ रनको योगदान दिएका थिए ।

पारस ११ को टिममा पूर्व कप्तान राजु बस्नेत, रायन मरुन, सन्दिप छेत्री, धिरेन्द्र चन्द, ललित सिंह भण्डारी, दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, आरिफ शेख, सोनु तमाङ र कुशल भुर्तेल खेलेका थिए । जोन्टी ११ को टिममा कमल सिह ऐरि, दिपेन्द्र चौधरी, सुनिल थापा, अनिल साह र जोन्टी रोड्स जस्ता खेलाडीको सहभागिता रहेको थियो ।


Related posts

Leave a Comment