कहिले खुल्छ मलेसियाको रोजगारी ?


गत जेठदेखि बन्द भएको मलेसियमा नेपाली कामदार आपूर्ति अझैं सुरु भएको छैन । मलेसियासँग श्रम समझदारी भएपनि त्यसअुसार कामदार लैजाने प्रक्रियाबारे सहमति जुटेको छैन । मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेपनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरको थियो । मलेसियाले नेपाली कामदार आपूर्तिको समस्या समाधान हुन दुई महिना समय लाग्ने बताएको छ । विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने बताएको हो ।

विदेशी कामदार लिने सम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको र सो प्रतिवेदन आएपछि नेपाली कामदार आपूर्ति सुरु हुने मलेसियन सरकारले जनाएको छ ।
सो प्रतिवेदन छलफलकै चरणमा रहेको भन्दै वैदेशिक कामदार र सम्बन्धी नीति सोही कार्यदलको सुझाव अनुसार तय हुने छ ।

हाल श्रममन्त्री गोकर्ण बिष्टले भिसा प्रक्रियामा आवद्ध पुराना भेण्डर परिवर्तन गर्न र आफू निकटलाई दिलाउन कामदारलाई मलेसिया जान नदिएको आरोप राजनीतिक तवरबाटै लाग्ने गरेको छ । तर, मलेसियाले नयाँ कामदार नीति नबनी नेपालबाट कामदार नलैजाने प्रष्ट पारेको छ ।


Related posts

Leave a Comment