मलेसियामा विषाक्त रक्सी सेवनको घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो


केही दिनअघि मलेसियामा भएको विषाक्त रक्सी सेवनको घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । शुक्रबारसम्मको जानकारी अनुसार सो विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या बढेको हो ।मलेसियास्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै विषाक्त रक्सी सेवनका कारण मृत्यु हुने नेपाली ७ जना पुगेको जनाएको छ । सो घटनामा बिरामी परेका अन्य १२ जनाको भने मलेसियाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये केहीको अवस्था अझै पनि गम्भीर छ । ५ जना भने उपचारपछि निको भइसकेको जनाइएको छ ।विषाक्त रक्सी सेवन गर्नेहरुमा टाउको दुख्ने, बान्ता हुने, पखाला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिंगटा लाग्ने, छिटो छिटो श्वास बढ्ने जस्ता लक्षण देखिएको थियो ।


Related posts

Leave a Comment