मनाङको अपराजित यात्रा कायमैः शीर्ष स्थानमा उक्लियो


ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

एन्फा मैदानमा भएको खेलमा मनाङ मर्स्याङदी क्लबले नेपाल एपीएफ क्लबलाई २—१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको हो ।मनाङको जितमा आडेलाजा सोमिडे र अञ्जन विष्टले गोल गरे।

खेलको १९ औं मिनेटमा मनाङले गोल गर्दै खेलमा सुरूवाती अग्रता बनायो। आडेलाजा सोमिडेले विमल रानामगरको पासमा गोल गर्दै सुरूवाती अग्रता दिलाए।

खेलको २७ औं मिनेटमा एपीएफले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्यायो। पेनाल्टी क्षेत्रभित्र डिफेन्डर मोहमद आसिफको हातमा बलले लागेपछि पाएको पेनाल्टीमा नवीन लामाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेलको ४५ औं मिनेटमा मनाङले पुनः अग्रता लियो। मनाङका लालगि अन्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा मनाङलाई २—१ को अग्रता दिलाए।

पेनाल्टी एरियामा सन्तोष कटवालको हातमा बलले लागेपछि मनाङले पेनाल्टी पाएको थियो ।दोस्रो  हाफमा दुबै टोलीले आक्रमक खेल्दै गोलका अवसर सृजना गरे पनि गोल गर्न नसक्दा खेलमा मनाङ २—१ ले विजयी भयो।

यो जितसँगै मनाङ सतप्रतिशत जितसहित ४ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा ४ खेलबाट १० अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा र थ्री स्टार क्लब तेस्रो स्थानमा छ।


Related posts

Leave a Comment