विदेशिएकालाई स्वदेश फर्काउने यस्तो छ रायमाझीको कला (भिडियोसहित)


दैनिक हजारौँको संख्यामा विदेशिने नेपालीहरुलाई नेपालमै जाँगर गरी स्वदेशमै रोजगार गर्न सुझाउदै कलाकार तथा सर्जक दुर्गा रायमाझीले नयाँ गीत ल्याएका छन् । उनले गीतबाटै वैदेशिक रोजगारीमा नजान आग्रह गरेका छन् । नेपालमै फर्किएर श्रमको सदुपयोग गर्न हौसला बढाउने ‘फर्क दाई फर्क’ बोलको गीत सोमबार सार्वजनिक भएको हो । सर्जक तथा लोक कलाकार दुर्गा रायमाझीले आफूले ६ वर्ष अगाडि नै लेखेको गीत अहिलेको समयसँग पनि मिल्दोजुल्दो भावमा रहेकोले बजारमा ल्याएको बताएका छन् ।

दुर्गा रायमाझीको स्वर, शब्द तथा लय रहेको गीत ‘फर्क दाइ फर्क, गीतले विदेशमा घण्टौँ खटेर पसिना बगाए जस्तै नेपालमै खट्नसके हाम्रै खोरियामा मोती फल्ने भाव व्यक्त गरेको छ ।  खाडी मुलुकमा जानेको संख्या बढेपछि नेपालमा भने बुढाबुढी केटाकेटीमात्रै हुने वास्तविक समस्यालाई गीतमार्फत समेटिएको छ ।

हेर्नुहोस् गीतको भिडियो –


Related posts

Leave a Comment