सन्दीपले २ विकेट लिँदा मेलबर्नकाे पहिलाे जित


अष्ट्रेलियाकाे घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा मेलबर्न स्टार्सले पहिलो जित निकालेको छ ।

बिहीबार भएको खेलमा नेपाली युवा बलर सन्दिप लामिछानेको टिम मेलबर्नले सिड्नी सिक्सर्सर्लाई ५ विकेटले पराजित गरेकाे हाे । घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ३० रन बनायो ।

उसकालागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा जोर्डन सिल्कले ४१ तथा सिन एबोटले २२ रन बनाए । बलिङमा सन्दिपले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए । यस्तै कोलमनले तीन विकेट हात पारे ।

जवाफमा मेलबर्नले १४ ओभर ५ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसको जितमा पिटर ह्यान्डसकोपले ७० तथा लार्किनले २० रन बनाए ।


Related posts

Leave a Comment