म्यान्चेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश


 म्यान्चेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा रोथरहम युनाइटेडलाई ७–० गोलले पराजित गर्दै सिटी अघिल्लो चरणमा प्रवेश गरेको हो । सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा भएको खेलको १२ औं मिनेटमा सिटीको लागि रहेम स्ट्रलिङले गोल गरे । त्यस्तै खेलको ४३औ मिनेटमा फिल फाडेनले गोल गदैं सिटीको अग्रता २ -० को बनाए । पहिलो हाफको इन्जुरी समयमा रोथहरामका सेमि अजयीले आत्मघाती गोल गर्दा सिटी पहिलो हाफमा ३- ० गोलले अघि र-हो । त्यस्तै खेलको ५३औं मिनेटमा गार्जियल जिससले ७३औ मिनेटमा रियाद महरेजले ७८ मिनेटमा निकोलस ओटामेण्डीले तथा ८५औ मिनेटमा लोरियो सानेले गोल गदै सिटीलाई ७-० गोलको भारी अन्तरले बिजयी गराए ।


Related posts

Leave a Comment