निर्मालालाई न्याय माग्दै मेलीना राई र सेड्रिना शर्मा


गितकार प्रलाद शाहको शब्द रहेको मेरी आमा बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गितमा नबिन कार्कीको संगीत रहेको छ । पछिल्लो समयमा नेपालमा बतात्कार पछि हत्याका घटना सार्वजनिक भइरहेको अवस्थामा निर्देशक विकाश सुवेदीले यसै विषयमा भिडियोलाई केन्द्रित गरेका छन् ।

रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । भिडियोले निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरेको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

म्युजिक भिडीयो मनोरन्जनको साधन मात्र होइन समाजको कथा बोल्ने र जनता संग प्रत्यक्ष जोडिने विषय भएकाले गहन विषयमा भिडियो तयार गरेको निर्देशक सुवेदीले बताए ।


Related posts

Leave a Comment