रुकुममा एक बच्चासहित ३० वर्षिय महिला जंगलमा मृत फेला


सांकेतिक तस्बिर

रुकुमको सिस्ने गाउँपालिका–६ मा २० महिनाका बालकसहित एक महिला जंगलमा मृत फेला परेका छन । सोही गाँउका ३० वर्षीया रेनुका केसी शाह र उनका २० महिनाका नाबालक छोरा एटियम शनिबार उदीनढुंगाको जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

घरदेखि तीन किलोमिटर टाढाको जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने उनले बताए ।

उनी पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्किएकी थिइन् ।प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको र बाँकी कुरा भने शव परीक्षण र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाई छ ।


Related posts

Leave a Comment