पाँच लाखभन्दा बढी मुल्यका ३४ थान मोबाइल सेट बरामद


आलोक यादव , लहान
प्रहरीले राजश्व छली भारतीय बजारबाट नेपाल ल्याउँदै गरेको पाँच लाखभन्दा बढी मुल्यका ३४ थान मोबाइल सेट बरामद गरेको छ।

सशस्त्र प्रहरी लहानको टोलीले पाँच लाखभन्दा बढी मुल्यका ३४ थान मोबाइल सेट बरामद गरेका हुन्। लहान ठाडी सडक खण्डको लहान नगरपालिका १९ स्थित कटहाचोक र प्रयागपुर गाउँको बीचमा सशस्त्र प्रहरीलाई देखेपछि मोबाइलको झोला छाडेर भागेको सशस्त्र प्रहरीका डीएसपी निवन कुमार खडकाले बताए। उनका अनुसार प्रहरीलाई देखेर ती व्यक्तिले छाडेको झोला चेक गर्दा विभिन्न कम्पनीको ३४ थान मोबाइल फेला परेको छ ।चाडपर्वको समयमा तस्करले सीमावर्ती भारतीय बजारबाट विभिन्न मालसमानको तस्करी बढाएका छन् ।

दुईदिन पहिले पनि सोही स्थानबाट सशस्त्र प्रहरीले कपडा बरामद गरेको थियो। लहान बजारको अधिकांश मोबाइल पसलमा भारतबाटै राजश्व छली गरी ल्याइएको मोबाइल छयापछयाप्ती छन्। यहाँका पसलमा मोबाइल किन्दा बिल पनि नदिने गरेको स्थानीय उपभोक्ता श्याम सुन्दर यादवले सुनाए। “आफूले द्श दिनअघि मात्रै मोबाइल किन्दा पसलेले बिल दिएन” , उनले भने, “राजश्व छलि गरी ल्याएकै समानले बजार भरिएको छ, तैपनि अनुगमन गर्ने निकाय मौन छ।”


Related posts

Leave a Comment