मोटरसाइकलबाट लडेर सिरहामा एक वृद्धाको मृत्यु


आलोक यादव, सिरहा ।
सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यृ हुनेमा गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको रहेकी छन् । बिहीबार साँझ स ५ प ९७४२ नं को मोटरसाइकलबाट उनी अचानक लडेर गम्भीर घाइते भएकी थिइन् ।

मोटरसाइकल चालक सिरहाको अर्नामा गाउँपालिका– ३ निवासी १९ वर्षीय रामसागर महत्तो भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Related posts

Leave a Comment