मासु कसरी तयार गर्ने ? यस्तो छ विधि


मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । लामो समय प्रयोगमा नआएको हतियारले मासु काट्दै हुनुहुन्छ भने राम्रोसँग सफा गर्न अतिआवश्यक हुन्छ ।

– मासुका विभिन्न प्रकार छुट्याएर राख्ने गरिन्छ । यसरी छुट्याउँदा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । मासु राख्ने भाडा सफा हुन जरुरी छ ।

– थोरै समयमा मासु पकाउँदा भित्री भाग नपाकेको अपनि हुन सक्छ । त्यसैले, मासुलाई लामो समय दिएर पुरै पाक्ने गरि पकाईसकेर मात्र प्रयोग गर्नुपर्छ ।

– कहिल्यै पनि मासुलाई खुला वा झिगां भन्कने ठाँउमा राख्नु हुँदैन । मासु राख्द अनिवार्य छोप्नुपर्छ ।

– सकेसम्म लामो समयदेखिको मासुलाई प्रयोग गर्नु हुँदैन । यदि राख्नै परेको अवस्थमा सुरक्षितसाथ फ्रिजमा राख्नुपर्छ ।

– कहिल्यै पनि पाकिसकेको मासुलाई नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किनभने नपाकेको खानेकुराबाट किटाणु सर्ने प्रवल सम्भावना हुन्छ ।

– आन्द्रा-भुडी राम्रोसँग सफा गरिसकेपछि मात्र प्रयोग गर्नुपर्छ । यसरी पखाल्दा सफा पानीको प्रयोग गर्नुपर्छ र अनुभवी मानिसले मात्र पखाल्ने काम गर्नुपर्छ ।

– यसरी मासु तयार पार्दा सम्भावित कैयौँ स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।


Related posts

Leave a Comment