मुक्तिनाथ विकास बैङ्क कटारी शाखाद्वारा विपन्न विद्यार्थीलाई सुइटर वितरण


अभिमन्यु लामिछाने, उदयपुर ।

१३ औँ वार्षिक उत्सव मनाउने क्रममा मुक्तिनाथ विकास बैङ्क कटारी शाखाले विद्यार्थीलाई सुइटर वितरण गरेको छ। बैङ्कको १३ औँ वार्षिक उत्सवको अवसरमा कटारीका बिधालयमा सुइटर वितरण गरिएको कटारी शाखा प्रमुख विपिन श्रेष्ठले बताए। हामीले आर्थिक अवस्था कमजोर भएका ४० जना विद्यार्थीलाई जाडोको समयमा विद्यालय जान सहज होस भनेर सुइटर वितरण गरेका हौँ । प्रमुख श्रेष्ठले भने।


कटारीमा रहेको त्रिवेणी माविमा ३०, मरुवा माविमा ५ निमावि च्यागा ५ जनालाई सुइटर वितरण गरेको कटारी डेस्क इन्चार्ज दिनेश निरौलाले बताए। कटारी नगर उपप्रमुख भीम कुमारी राउत र उधोग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुष्कर खड्काले सुइटर वितरण गरेका थिए ।


Related posts

Leave a Comment