अमूर्त संस्कृतिलाई महानगरको पहिचान बनाउने प्रतिवद्धता


 

काठमाडौंको जय बागेश्वरीमा चलेको नवदूर्गा जात्रा सोमबार सकिएको छ । यो गाथा नाचमा आधारित जात्रा आइतबार र सोमबार चलेको थियो । जात्रा शुरु भएका दिन महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी पूजाका लागि जयबागेश्वरी पुगेका थिए । उनीहरुले नवदूर्गा जात्राको पूजा र जय बागेश्वरीको दर्शन समेत गरे । पूजाका अवसरमा देवगणहरुले — आर्थिक अभावले विगत ९ बर्षदेखि रोकिएको नवदूर्गाको नाच नियमित प्रदर्शन व्यवस्था गरिदिन आग्रह गरे । यहाँहरुको माग सुनेपछि मेयर शाक्यले — काठमाडौंको पहिचानसँग जोडिएका अमूर्त सांस्कृतिक चालचलनको जोगाउन सक्दो सहयोग गर्ने बताए। तपाईहरुका आवश्यकता के हुन् ? वडाध्यक्षमार्फत लिएर आउनोस्, आवश्यकता हेरेर सहयोगको व्यवस्था मिलाउँछु । आज म कुल देवताको पूजामा आएकी छु । यहाँका देवगणसँग मेरो आध्यात्मिक सम्बन्ध छ, पूजा सकिएपछि उपमेयर श्रेष्ठ खड्गीले भनिन् — चालचलनलाई जोगाए मात्र हाम्रो पहिचान जोगिन्छ ।

जात्रा सञ्चालनका लागि वडा कार्यालयले खानेकुरा, सुत्नलाई म्याट र व्याङकेटजस्ता बन्दोबस्तीेको व्यवस्था गरेको थियो । यो जात्रा मध्यपुर ठिमीका बनमाला समुदायले सञ्चालन गर्ने गरेका छन् । काठमाडौंको जयबागेश्वरीसहित भक्तपुरको चाँगुनारायण, बनेपालगायत स्थानमा जात्रा सञ्चालन हुन्छ ।

देवगणहरु नाच देखाउने ठाउँमा जाँदा मोटरको प्रयोग गर्दैनन् । खर्पनमा देवगणका पोशाक, गहना र मखुण्डो बोकेर आउने जाने गर्छन् ।

नवदूर्गा नाच र किंवदन्ती
भाषा बंशावली २ काअनुसार वि। सं। १५६२ तिर भक्तपुरमा अनिकाल लागेपछि सहकाल ल्याउन तत्कालीन राजा सवुर्ण मल्लले नवदूर्गाको नाच प्रारम्भ गरेका हुन् । भक्तपुरका इपाछेँ टोलका राजोपाध्यायले नवदूर्गालाई इष्टदेवता मान्छन् । यसमा महाकाली, ब्रह्मायणी, बैष्णवी, कुमारी, वाराही, गणेश, भैरव, श्वेत भैरव र ९सिफोद्य० महालक्ष्मी देवगण हुन्छन् । यसमा सहभागी हुने देवगणलाई बाजा बजाउने, मुखौटा धारण गर्ने र नाबो नकिँ गरी ३ भागमा बाँडेर कामको जिम्मेवारी दिईएको हुन्छ । यसरी पाएको जिम्मेवारी बहन गर्ने व्यक्तिहरुमा १८ जनाको गाथा हुन्छ ।

यसबाहेक नाचमा अन्य थरका व्यक्तिहरुको सहभागिता हुन्छ । जसमा आचाःजु कर्माचार्य पुजारी हुन्छन् भने जोशीहरुले शुभसाइत जुराउँछन् । हाकुज्या कुम्हाः ले ख्वाः पाः मखुण्डो बनाउन आवश्यक पर्ने माटोको विधिव्त पूजा गर्छन् भने चित्रकारले ख्वाः पाः ९मखुण्डो० बनाउँछन् । नाच सञ्चालन गर्दा नायखिँ बाजा बजाउँदै देवगणको अगाडि लागेर बाटो देखाउने काम पनि चित्रकारहरुकै हो ।

 


Related posts

Leave a Comment