नयाँ वर्ष मनाइरहेको बेला रुसमा भयानक विष्फोट चारको ज्यान गयो ४० सम्पर्क विहीन


रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । ४० जना सम्पर्कविहीन छन् ।४८ तले भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको थियो । विष्फोटका कारण दुई वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् । यो भवनमा १२० जना मानिसहरु बस्दै आएका थिए । अधिकारीका अनुसार विष्फोटका कारण ग्यास पनि चुहिएको छ ।भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएको रुसी समाचार च्यानल वेस्तीले जनाएको छ । त्यसमा सात जना बालबालिका छन् । घाइतेहरुलाई अस्पताल पठाइएको छ । अझै केही व्यक्तिहरु भग्नावशेषमा पुरिएको अनुमान छ । उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने आशंका गरिएको छ । किनभने रुसको यो क्षेत्रमा न्यूनतम तापक्रम माइनस १७ डिग्री सेल्सियस छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गरेका छन् । उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने वाचा गरेका छन् ।


Related posts

Leave a Comment