दुई अध्यक्षसहित नेकपा कार्यदलको बैठक बस्दै


सत्तरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरणका बाँकी काममा गृहकार्य गर्न गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ।मंसिर २९ देखि जारी बैठकको अन्तिम दिन गत शुक्रबार ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलको बैठक आज दिउँसो तीन बजे बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ। यद्यपि, आजको बैठक कार्यदलको छुट्टै भने बस्ने छैन। अध्यक्षद्वयले कार्यदलको काम कसरी अगाडि बढाउने, कस्ता कुरालाई प्राथमिकतामा राख्ने लगायतको निर्देशन दिने बताइएको छ।

नौ सदस्यीय कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल सदस्य रहेका छन्।


Related posts

Leave a Comment