संविधानलाई खोस्टोको संज्ञा दिदैँ क्रान्तिकारी माओवादी बर्दियाले निकाल्यो यस्तो विज्ञप्ति


विभिन्न कार्यक्रम गरी देशभर संविधान दिवस मनार्इरहँदा नेकपा क्रान्तिकारी माओवादीले भने संविधानलाई कथित एक थानको खोस्टोको संज्ञा दिएको छ । संविधान दिवसको दिन बुधवार क्रान्तिकारी माओवादी बर्दियाले एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको संघर्ष, आन्दोलन र इतिहासका मुल्य मान्यतालाई यो संविधानले निषेध गरेका जनाएको छ । जिल्ला सेक्रेटरी लोकेशद्वारा जारी वित्रप्तिमा भनिएको छ,जनताले २००७ सालदेखि विभिन्न समयमा वर्गीय, राष्टि«य एवम् समग्र मुक्तिका लागि चलाएका आन्दोलन वा क्रान्तिकोे अन्तरवस्तु व्यवस्थाको आमूल परिवर्तन सहित जनपक्षिय संविधान निर्माण गर्ने हो । तयापी त्यो अधुरो नै छ । यो संविधानले दश वर्षे जनयुद्द र विभिन्न आन्दोलनलाई कुठाराघात गरेको भन्दै यो दिनलाई कालो दिनका रुपमा माउने विज्ञप्तिमा उल्लेख छ ।
मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी यो संविधान खारेजीको माग गर्दै संघर्षमा छ ।


Related posts

Leave a Comment