नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने


नेपाल कम्युनिष्ट पाटी(नेकपाले) बैठकले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने र जनसंगठनको कार्यालय पेरिसडाँडा कोटेश्वरमा रहने निर्णय गरेको छ । यस्तै प्रदेश , जिल्ला संगठनात्मक तहका पार्टी संरचना एकीकरण गर्न गठित कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको पार्टी सचिवालय बैठकले कार्यदलको समयावधि साउन मसान्तसम्म थप गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उक्त कार्यदलको म्याद शुक्रबार सकिदै थियो । त्यस्तै बैठक सोही कार्यदललाई केन्द्रिय सल्लाहकार राष्ट्रिय परिषद् , जेष्ठ कम्युनिष्ट मञ्च , केन्द्रिय आयोग र बिभागहरुमा रहने सदस्यको नाम पनि सिफारिस गर्न कार्यदेश दिईएको छ । बैठकले संगठनात्मक एकीकरण सहज बनाउन संघीय, प्रादेशिक मन्त्री, संघिय र प्रादेशिक मुख्य सचेतक, सचेतक, प्रदेशिक दलका नेता, स्थानीय तहका प्रमुख उपप्रमुखले प्रदेश र जिल्ला तहका मुख्य पद अध्यक्ष, सचिवको जिम्मेवारी नपाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधि, राष्ट्रिय र प्रदेशसभाका सांसदले समेत उक्त पदमा जिम्मेवारी नपाउने निर्णय गरेको उहाले बताउनुभयो । त्यस्तै बिधान र नियमावलीलाई व्यवस्थीत गर्नका लागी बिभिन्न बिनियम , निर्देशिका आचारसंहिता निर्माण गर्न कार्यदल गठन गरिएको छ । समितिमा सुवास नेम्वाङ , भीम रावल, हरिबोल गजुरेल , पम्फा भूषाल , जनार्दन शर्मा र वेदुराम भूषाल रहनुभएको छ । त्यस्तै बैठकले श्रावण मसान्तभित्र पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने निर्णय पनि गरेको छ भने भाद्र ८ र ९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ । । त्यस्तै बैठकले चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सेप्टेम्वर १२ देखि १९ सम्म एक प्रतिनिधीमण्डल चीन पठाउने निर्णय पनि गरेको छ ।


Related posts

Leave a Comment