नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल


नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । विहीवार राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेल(आइएमई लिमिटेड)लाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले दिवाकर थापा (हुलास रेमिटेन्स प्रा.लि)लाई निर्वतमान अध्यक्ष, चन्द्र टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि) उपाध्यक्ष, रितेश मित्तल (नेपाल रेमिट इ. प्रा.लि) महासचिव, संजय सिग्देल( सुर्य रेमिट प्रा.लि)  लाई कोषाध्यक्षमा चयन गरेको छ ।
यस्तै, इन्द्र शर्मा–सचिव (आइपे रेमिट प्रा.लि ),युमा श्रेष्ठ–सदस्य ( हिमालयन बैंक लिमिटेड),प्रविन अधिकारी– सदस्य ( युनाइटेड रेमिट प्रा.लि),दीपेन्द्र खनाल– सदस्य ( इजी लिकं प्रा.लि)मा निर्वाचित गरेको छ ।
कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरे । सबै रेमिटेन्स कम्पनीहरू संगठित भई आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले बि.स २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।


Related posts

Leave a Comment