टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस


नेपाल टेलिकमको रिक्त प्रबन्ध निर्देशक नियुक्तिका लागि गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ । ५ महिनादेखि रिक्त समितिले प्रबन्ध निर्देशक पदका लागि टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य, टेलिकमका कर्मचारी डिल्ली अधिकारी र संगीता पहाडीको नाम सिफारिस गरेको हो । आचार्य चार्टर्ड एकाउन्टेन्ट हुन् भने बाँकी दुई इन्जिनियर हुन् ।

मन्त्रिपरिषद्ले नेपाल टेलिकमको रिक्त प्रबन्ध निर्देशकको नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले सिफारिस गरेको नाम मन्त्रिपरिषद्मा लगेर प्रबन्ध निर्देशक नियुक्त गरिनेछ ।

सरकारले साउन २९ गते टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि यो पद खाली छ । अहिले सूर्यभक्त पोखरेल निमित्त प्रबन्ध निर्देशक छन् ।

टेलिकमले फोजी विस्तारको महत्त्वपूर्ण परियोजना अघि बढाउन अन्तिम तयारी गरिरहेकाले अब नियुक्त हुने प्रबन्ध निर्देशकको कार्यकाल चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।

ग्राहकका हिसाबले नेपालको सबैभन्दा ठूलो कम्पनी रहे पनि टेलिकमले आम्दानी भने गुमाइरहेको छ ।


Related posts

Leave a Comment