नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी


नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई खुला प्रतिस्पर्धाबाट छानिएका मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो। छनौट समितिले ८ जनाको नाम मात्रै संक्षिप्त सूचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको लागि बोलाएको थियो।

गत सोमबार डा. विमल आचार्य, बुद्धिप्रसाद आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला र संगीता पहाडी अर्यालले छनौट समिति समक्ष व्यवसायीक कार्ययोजना प्रस्तुत गरेका थिए।

त्यसैगरी, मंगलबार डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्यायले व्यवसायीक कार्ययोजना प्रस्तुत गरेका थिए। आवेदन गरेका मध्ये अनिलकुमार झा र रामदेव यादवलाई संक्षिप्त सूचीमा समावेश गरिएको थिएन्।

कुल १५ अर्ब चुक्ता पुँजी भएको नेपाल टेलिकमको मोबाइल र आधारभूत टेलिफोन सेवा गरेर दुई करोड भन्दा बढी प्रयोगकर्ता रहेका छन्।
नेपाल टेलिकममा सेवा प्रवेश गरेदेखीनै आफुले पाएको जिम्मेवारीलाई अब्बल रुपमा पुरा गर्ने गरेका अधिकारीको कार्यकालमा नेपाल टेलिकमलाई समअनुकुल अझै परिस्कृत पारादर्शी, र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका रहने धेरैले अपेक्षा गरेका छन ।

 


Related posts

Leave a Comment