नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि तीन जना सिफारिस


नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको समितिले डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो ।सिफारिस तीन मध्ये मन्त्रिपरिषदले एक जनालाई छनोट गरेर प्रवन्ध निर्देशक नियुक्त गर्नेछ । कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि यो पद हाल रिक्त छ ।
अधिकारी र पहाडी अहिले पनि टेलिकममा कार्यरत कर्मचारी हुन् भने आचार्य यसअघि पनि टेलिकमममा प्रवन्ध निर्देशकका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।
प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, विमल आचार्य, गोकर्णप्रसाद सिटौला, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले पनि इच्छा देखाएका थिए ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।


Related posts

Leave a Comment