नेपाल १० विकेटले विजयी


थाइल्यान्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।

थाइल्याण्ड क्रिकेट एसोसियसनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन मात्र बनाउन सफल भयो । उसका लागि झांग चानले १३, वाङ लुवान्याउले ८, हन लीलीले ३, ली होयोले ७ रन बटुल्न सकेका थिए ।

नेपालको कसिलो बलिङ सामु कमजोर देखिएको चीनले १४ रनमा पहिलो विकेट गुमाएको थियो भने ३३ रनमा ५ विकेट खेर फालेको थियो । सामान्य ४९ रनको लक्ष्य पछ्याएको नेपालले ८.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा ओपरन काजल श्रेष्ठ १४ र सिता राना मगर २४ रनमा नट आउट रहे । सिताले २५ बलमा ३ चौका प्रहार गर्दा काजलले २९ बलमा १ चौका प्रहार गरिन् ।

बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन । त्यस्तै सिता राना मगरको नाममा १ विकेट रह्यो । नेपालले दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ ।


Related posts

Leave a Comment