गेम अफ थ्रोन्सकी नेपाली नायिका १६ वर्षपछि घर फर्किन्


नेपाली मूलकी अभिनेत्री अमृता आचार्य नेपाल भ्रमण गरेर फर्किएकी छिन्। एचबिओ च्यानलको चर्चित सिरिज ‘गेम अफ थ्रोन्स’की अभिनेत्री १६ वर्षपछि नेपाल आएकी हुन्।

नेपाल र भारतबाट विभिन्न जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाको पुनःस्थापनाका लागि स्थापित ‘छोराछोरी’ नामक संस्थाको पहलमा नेपाल भ्रमणमा आएकी थिइन्। उक्त संस्थामा भारतका विभिन्न ठाउँमा बेचबिखन गरिएका र त्यहाँबट उद्धार गरेर ल्याइएका बालबालिकाहरु रहेका छन् । उनले नेपालमा रहेको बेलायतमा आधारित संस्थालाई सहयोग गरिरहेकी छिन। उनले आफू नेपाली नै भए पनि नेपालीमा बोल्न नसक्ने बताइन्। उनले आफ्ना आगामी यात्रामा नेपाली बोल्न सक्ने गरी अध्ययन गर्नेसमेत बताइन्।

उनले पोखरा, घान्द्रुक, भैरहवा र बुटवल लगायत स्थान घुमघाम गरेकी थिइन्। अमृतालाई नेपालमा बिताएको बाल्यकालको भने खासै याद छैन। सात वर्षको उमेरमा परिवारसहित नेपाल छाडेकी उनले २०७१ को विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय कलाकारहरूको सहयोगबाट राहत जुटाएकी थिइन्। उनी सन् २०१७ देखि बेलायतमा प्रसारण भएको ‘द गुड कर्म हस्पिटल’ नामक टेलिसिरियलको मुख्य भूमिकामा देखिएकी थिइन्। भारतको केरलाको सेटमा श्रीलंकामा सुटिङ भएको ‘द गुड कर्म हस्पिटल’मा उनीडा। रुबी वाकरको भूमिकामा देखिएकी थिइन्।

‘श्रीलंकामा द गुड कर्म हस्पिटलको सुटिङको दौरान नेपाल भ्रमणमा आउने योजना बनाएकी थिएँ। नेपाल भ्रमण छोराछोरी संस्थाका कारणले भ्रमण भयो। यो संस्था बालबालिकाका लागि सुरक्षित वातावरण तयार गर्न लागिपरेको रहेछ। यसले बालबालिकाहरूको शिक्षा, सीप र सुन्दर भविष्यकालागि काम गरिरहेको छ। यो मलाई मनपर्यो।’


Related posts

Leave a Comment