भारतबाट चार नेपाली युवतीको उद्दार


सीमावर्ती भारतीय रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका युवतीहरुलाई माइती नेपालको जिम्मा लगाएर नेपाल ल्याइएको छ ।

माइती नेपाल काठमाडौंको टोलीले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको टाली दुई दिनअघि रक्सौल पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा रामगढवामा रहेको झुलन पासवानले सञ्चालन गर्ने आर्केष्टाबाट चार जना नेपाली युवतीको उद्दार गरिएको माइती नेपाल, वीरगञ्ज शाखाले जनाएको छ । नेपाली युवतीलाई उद्दार गरी भारतीय प्रहरीले माइती नेपाल वीरगञ्जलाई लिखित कागज गरी सुम्पिएका थियो ।

काठमाडौंबाट बेपत्ता भएकी कृषा लामालाई खोज्ने क्रममा रामगढवा स्थित आर्केष्टामा छापा मारिएको थियो । छापा मार्ने क्रममा लामासहित अन्य तीन जना नेपाली युवती एउटै कोठामा फेला परेका थिए । १८ वर्ष मुनिका उनीहरु तीनै जना मोरङका हुन् । युवतीहरुको साथमा रहेका ‘प्यारे दाइ’ भनिने राजेश खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


Related posts

Leave a Comment