अष्ट्रेलियामा एक नेपालीको मृत्यु


-भरत कँडेल

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर घर भएका सुजन दाहाल रहेको अष्ट्रेलिया प्रहरीले जनाएको छ । दाहालले चलाएको कार रोकिराखेको ट्रकमा ठोकिँदा उनको मृत्यु भएको हो । उनी न्यु साउथ वेल्सको टारी क्षेत्रमा बस्दै आएका थिए ।

उनी ४ वर्षअघि श्रीमतीको साथमा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका थिए । बिहिबार साँझ कामबाट फर्कने क्रममा सडकमा बिग्रिएर रोकिरहेको ट्रकमा उनले चलाएको कार ठोक्किएको थियो । दुर्घटनाका कारण उनको घटनास्थलमै मृत्यु भएको एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताएका छन् । उनको शवलाई अहिले ओलङ्गन अस्पतालमा राखिएको छ ।

मृतकका बुबाआमा पनि अहिले अष्ट्रेलियामै रहेका कारण परिवारको आग्रह अनुसार आवश्यक सहयोग पुर्‍याइरहेको एनआरएनले जनाएको छ ।
अष्ट्रेलियामा करिब २ साताबिचमा नेपाली विद्यार्थीहरुमा घटेको यो तेस्रो घटना हो । करिब २ साता पहिले दक्षिण अष्ट्रेलियाका विद्यार्थी निश्चल घिमिरेको समुन्द्रमा डुबेर मृत्यु भएको थियो भने बुधबारमात्र न्यु साउथ वेल्सको अल्बरीमा बिगुल पण्डित पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।


Related posts

Leave a Comment