नेप्सेमा २ अंकको गिरावट तर कारोबार रकम भने साताकै उच्च


बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ दशमलव १० अंकले बढेर १ हजार १ सय ५९ दशमलव ३८ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ४७ अंकले बढेर २ सय ४६ दशमलव ५२ अंकमा पुगेर बन्द भएको छ । यस दिन कुल १ सय ५३ कम्पनीको १३ लाख ९६ हजार ९२७ कित्ता शेयर खरिदबिक्री हुँदा ४० करोड ४८ लाख ४ हजार ७३४ रुपैयाँको कारोबार भएको छ ।

यो साताको आइतबार देखिनै सूचक घटेको भएपनि कारोबार रकम भने बढ्दो क्रममा देखिएको छ। आइतबार २५ करोड, सोमबार ३० करोड र मंगलबार २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार कारोबार रकम ह्वात्तै बढेर ४० करोड रुपैयाँमाथि उक्लिएको छ।

आज सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको १५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन जसमा सर्वाधिक कमाउनेमा सिटिजन्स म्युचल फण्ड १, ग्रामिण विकास लघुवित्त, कर्णली डेभलपमेन्ट बैंक, न्यादी ग्रुप पावर र छयादी हाइडोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ प्रतिशत देखि ३ दशमलव ९७ प्रतिशतले बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा समता माइक्रोफाइनान्स वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ०९ प्रतिशत र ५ दशमलव ४१ प्रतिशतले घटेको छ ।

यस दिन अन्य बाहेक बाँकी सबै समूह घटेका छन् ।


Related posts

Leave a Comment