• २०७६ भदौ ३ मंगलबार

खड्कियो स्व. अधिकारीको अभाव, रोकियो गौतमबुद्ध विमानस्थलको काम

 राष्ट्रिय गौरबको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिएको छ । लामो समयदेखी सरकारले भुक्तानी नदिएको भन्दै निर्माण नर्थवेस्टले आइतबारबाट अनिश्चितकालको लागि काम रोकेको जनाएको छ ।

विमानस्थलको निर्माण कार्य चिनियाँ ठेकेदार नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२८ रुपैयाँमा गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले २० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न ढिलाई गरेको भन्दै काम रोकेको बताइएको छ ।

करिब ३ साताअघि नै रकम भुक्तानीको लागि विल आयोजनाले मन्त्रालयलाई पठाएको भएपनि हालसम्म भुक्तानी नपाएको जनाएको छ । ठेकेदार कम्पनीले तेल किन्ने पैसासमेत नभएको भन्दै काम गर्न नसक्ने बताएका छन् । आयोजनाले पठाएको बिल मन्त्रालय हुँदै एसियाली विकास बैंक(एडीबी)मा पठाउनु पर्छ ।

एडीबीमा पनि बिल भुक्तानीको लागि करिब १ साता लाग्छ । अहिले पर्यटन मन्त्रालय र अर्थमन्त्रालयबीचको समन्वय हुन नसक्दा भुक्तानीमा समस्या भएको श्रोतले बताएको छ ।

स्वर्गिय पर्यटन मन्त्री रविन्द्र अधिकारी हुँदा भुक्तानीमा समस्या हुने गरेको थिएन । तर उनको अभाव आयोजनाको रकम भुक्तानीमा समेत खट्किएको देखिन्छ । असोजभित्रमा निर्माण कार्यसम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले रकम भुक्तानीदेखि नदिजन्य सामाग्रीको अभाव भोग्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको सो आयोजना तीब्र गतिमा निर्माण भइरहेको थियो । तर, पछिल्लो समय पर्यटन मन्त्रालय गम्भीर नभएकै कारण समस्या उत्पन्न भएको अधिकारीहरुको भनाइ छ । विमानस्थलमा पहिलो चरणमा साना र ठूला गरी ५ ओटा जहाज अट्ने क्षमता छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार