• २०७६ जेठ ९ बिहीबार

७८ लाख घुस काण्डमा परेका अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा उपस्थित

७८ लाख घूस लिएको भिडियो सार्वजनिक भएपछि पद त्यागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक बुधबार विशेष अदालतमा उपस्थित भएका छन्। 

उपस्थित हुन निवेदन दिएपछि विशेष अदालतका  अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ। बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुनेछ। उक्त बहसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न निर्णय गर्नेछ। 

पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन् । घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गरेको थियो।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्वआयुक्त पाठकविरुद्ध घुस लिएको अभियोगमा २०७५ चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार