एनआईसी र जनरल ईन्स्योरेन्स बिच बैंकास्योरेन्स सम्झौता


एनआईसी एसिया बैङ्क लिमिटेडले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब यस बैङ्कका ग्राहकहरूले बैङ्कको २३७ वटै शाखाहरूबाट सहज रूपमा जनरल इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने बैक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौतापत्रमा बैङ्कको तर्फबाट बैङ्कका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के टमोटले हस्ताक्षर गरेको बताएको छ ।बैङ्कको हाल मुलुकभर २३७ शाखा कार्यालयहरू, २२९ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान आएको बताएको छ ।


Related posts

Leave a Comment