नीति अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने सरकारको निर्णय, थिंक ट्याङ्कका रुपमा अघि बढाईने


सरकारले नीति अनुसन्धान प्रतिष्ठान स्थापना गरी त्यसलाई मुलुकको ‘थिंक ट्याङ्क’ का रुपमा अगाडि बढाउने भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो । सो प्रतिष्ठानको सदस्यमा विभिन्न क्षेत्रका विद्वानवर्ग रहनेछन् । जसमा प्रा डा चैतन्य मिश्र, डा मीना आचार्य, प्रा डा राजेन्द्रध्वज जोशी, प्रा डा सुरेन्द्र लाभ र गणेशमान गुरुङको नाम तोकिएको छ ।

यसैगरी बैठकले बेलायत सरकारसँग दोहोरो करको मुक्ति र कर छलीसम्बन्धी वार्ता गर्न आन्तरिक राजस्व विभागका महानिर्देशकको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ । यस्तै उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धन संवाद परिषद् स्थापना गरिएको छ ।सो परिषद्को नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । सो परिषद सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठित उद्योगी, व्यवसायी, प्रतिनिधिको सहभागिता रहनेछ ।


Related posts

Leave a Comment