सुनसरीको कालाबन्जरमा ग्लोबल आइएमर्इ बैंकको शाखारहित बैंकिङ सेवा शुरु


ग्लोबल आइएमर्इ बैंकले सुनसरीको कालाबन्जरमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। यो बैंकको सयौं शाखारहित बैंकिङ सेवा हो।

सुनसरी जिल्ला वराह नगरपालिका- ५मा रहेको कालाबन्जर शाखाको १ सय ५ वर्षिय वृद्धा अनरुपा विष्ट र बैंकका रेमिटेन्स,क्रेडिट कार्ड बिक्री तथा बजार प्रवर्द्धन मिडिया एवं ब्राण्डिङ र शाखारहित बैंकिङ सेवा प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा गरे।बैंकले ०६९ साल असार २० गते वर्दियाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ संचालनमा ल्याएको थियो।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन । बैंकका अनुसार यो शाखाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम र मोबाइल रिचार्व लगायतका युटिलिटी पेमेन्ट गर्नसक्ने उल्लेख छ।


Related posts

Leave a Comment