बन्दुक तेर्साएर अफिस भित्रै हातपात, वडा अध्यक्ष यादव उपर गाली बेइज्जत


आलोक यादव ,सिरहा ।
सिराहाको विष्णुपुर गाउँपालिकामा वडा अध्यक्ष यादवलाई बन्दुक तेर्साएर हातपात गरेका छन् । शुक्रवार वडा नम्बर २ का अध्यक्ष रामेश्वर यादवलाई अफिस भित्रै गाली बेइज्जत गरी हातपात र बन्दुक समेत तेर्साएको वडा अध्यक्षले दिएको जाहेरी अनुसार जिल्ला प्रहरी कार्यालय सिराहाका डी.एस.पी माधव राज खरेलले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिफारिस नगरिदिएको निहुँ बनाइ स्थानीय बिल्टु यादव,उनकै छोरा महेस यादव, सत्रुधन यादव, पप्पु यादव, नरहा गाउँपालिका ४ का जय कुमार यादवले अध्यक्षमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी पुग्दा जय कुमार यादव र पप्पु यादवलाई प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष यादवका अनुसार उनी अफिसभित्र काम गरिरहेको थियो बेला घरमा आगो लागेको सिफारिस गरिदिनु भन्दै आएका थिए । मैले उनीहरूलाई स्थलगत र प्रहरीको प्रतिवेदन अनुसार रोहवरमा बसिदिने भन्दा समेत नमानी मलाई गलत्याएर हात समातेर बिल्टु यादवका छोरा महेस यादवले बन्दुक तेर्साएर कुटपिट गरे उनले भने ।

पीडित वडाध्यक्ष यादवले सिराहामा दिएको निवेदनमा निजको गलामा रहेको आठ आना सुनको सिक्री र निजसँग रहेको पचास हजार रुपैयाँ मध्ये पच्चिस हजार उनीहरूले खोसी लगेको उल्लेख छ ।
सम्बन्धित निकायसँग गरेको लिखित र मौखिक उजुरी फरक रहे तापनि जन निर्वाचित वडाध्यक्ष लाइ कुटपिट गर्नु अन्याय भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको भनाइ छ । उनले दोषीलाई सजाय हुनुपर्ने बताएका छन् ।


Related posts

Leave a Comment