भारतीय अभिनेताको नेपाली नेतासँगको भेट


भारतीय बलिउड अभिनेता गोविन्दाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । नेपाल भ्रमणका क्रममा गोविन्दाले सोमवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन गत शनिबार नेपाल गोविन्द नेपाल आएका थिए ।

त्यसो त प्रधानमन्त्री ओलीले नेपाली चलचित्र क्षेत्रको विकासका सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइरहेका छन् । उनी भारत भ्रमणमा निस्किँदा समेत नेपाली कलाकारलाई सँगै लगेका थिए । चलचित्र क्षेत्रबाट नेपाली कला संस्कृतिको विकास हुनका साथै जगेर्ना हुनेमा उनी विश्वस्त देखिँदै आएका छन् । त्यतिमात्र नभएर विदेशीहरुमा नेपालको पहिचान झल्काउन चलचित्र क्षेत्रको विशेष भूमिका रहने पनि बताउँदै आएका छन् ।

अभिनेता गोविन्दले आइतबार बिहान पशुपतिनाथ पुगेर दर्शन गरेका थिए भने आइतबारै दिउँसो एलजी सिने सर्कल अवार्ड कार्यक्रममा सहभागी भएका थिए । उनी सोमबार दिउँसो स्वदेश फर्किएका छन् ।
गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी भएका कारण उनलाई नेपालका ज्वाइँ समेत भन्ने गरिन्छ भने उनका नेपाली फ्यानहरु पनि धेरै रहेका छन् ।


Related posts

Leave a Comment