किन कोठीमा पुगीन त आशा खड्का ‘एक हजारको नोट’ को कारण


गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ गीतको भिडियो प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ । सर्वाधिक दर्शक तथा स्रोताका रोजाईमा रहेका ख्याती प्राप्त कलाकारहरुको साथमा निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो ।

बविता श्रेष्ठद्धारा निर्देशित गीतमा वियोगान्त अवस्था र प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समेटिएको छ । बविता श्रेष्ठद्धारा निर्देशित गीतमा मायामा परेका जोडीहरुले स्वार्थमा परेर आफनै बहिनीलाई कोठीमा पुयाएको प्रतिनिधि कथालाई समेटिएको छ । मायालाई पैसामा तुलना गर्ने परिस्थतीलाई हटाउनुपर्छ भन्ने सन्देश गीतमा रहेको छ । त्रिकोणात्मक प्रेम कथामा रहेको गीतमा धनको पछि लाग्दाको अवस्थालाई समेटिएको छ ।

प्रेम आले मगर र मनिष थापा मगरको शब्द सिर्जना तथा प्रेम थापा मगरको लय सिर्जनमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन, अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । ‘एक हजारको नोट’ गीतमा आशा खड्का, विमल अधिकारी, साया भण्डारी र राजन रसाइलीको अभिनय रहेको छ ।

 


Related posts

Leave a Comment