चर्को शुल्क लिएर आतंक मच्चाउने शैक्षिक आतंककारी हुन् :कार्यवाहक अध्यक्ष बर्तौला (भिडियो सहित)


नेकपा एमाले निकट अनेरास्ववियुका उपाध्यक्ष एवम वर्तमान कार्यवाहक अध्यक्ष महेश बर्तौलाले निजी स्कुल शैक्षिक आतंककारी भएको बताएका छन् । टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टकमा निजी विद्यालयलाई संकेत गर्दै उनले भने, शुल्क आतंक मच्चाउने यी सबै शैक्षिक आतंककारी हुन्, यीनलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्नु पर्छ । सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार नहुनुमा स्वयं राज्य र शिक्षक नै दोषी रहेको उनले बताए । उनले भने, सरकार र राजनीतिक दलको शिक्षा प्रतिको बुझाई नै कमजोर छ, शिक्षक आफैले पढाएकोे विश्वास गर्दैनन्, हाजीर गरेर महिनाको तलव खाने र राजनीतिमा लाग्छन्, यो गलत हो ।साथै एक अर्को प्रसङ्गमा उनले नेकपा एमाले र माओवादीबीचको पार्टी एकतासँगै विद्यार्थी संगठनमा पनि सम्मान जनक रुपमा एकता हुने बताए ।

                 उनीसँग गरिएको पुरा कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

 


Related posts

Leave a Comment