नेविसंघको आगामी नेतृत्व सम्हाल्नैपर्ने बाध्यात्मक परिस्थिती बन्यो : सागर परियार


नेपाली काँग्रसको कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघको विधान पारित गरेको छ । विधानमा ३२ वर्षे उमेर हद लगायतका केही नयाँ कुरा समावेश भएका छन् । उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताले असहमति जनाएका छन् । संघले सर्वसहमतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संशोधन २०७५’ लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । तर विधान बहुमतका आधारमा पारित गरिएको सस्थापन पक्षकोे दाबी छ । यो बिवादकाबीच नेपाल विद्यार्थी संघको महाधिवेशनको लागी तोकिएको कार्तिक १६, १७, १८ गते नहुने करिब करिब निश्चित जस्तै बनेको छ ।

यसबीचमा भएको विधान संशोधनले नेपाल विद्यार्थी संघको अबको नेतृत्वको बहसले पनि नयाँ मोड लिएको छ । वर्तमान केन्द्रीय समिति भित्र र बाहिरबाट अध्यक्षका लागी आकांक्षीहरु नयाँ संशोधनबाट स्वंत बाहिरिन थालेका छन् । अबको महाधिवेशनबाट नेविसंघको नेतृत्वको सम्भावित व्यक्तिका बिषयमा समेत चर्चा हुन थालेको छ । यहि विषयमा आगामी महाधिवेशनबाट नेविसंघको अध्यक्षका सबैभन्दा बढि सम्भावित विद्यार्थी नेताका रुपमा चर्चामा रहेका विद्यार्थी नेता । नेपाल विद्यार्थी संघका उपाध्यक्ष सागर परियारसँग टिभी अन्नपूर्णकर्मी विनोद देवकोटाले गरेको कुराकानी :

 नयाँ बिधानले नेविसंघमा उमेर हद लगाउने व्यवस्था गर्यो, तपाई यसको पक्ष वा विपक्षमा ?
नेपाल विद्यार्थी संघ नेपाली काँग्रेसको भात्तृसंगठन हो । नेपाल विद्यार्थीको संघको विधान पारित गर्ने विषयमा १२ औँ महाधिवेशनको पुर्वसन्धयामा विभिन्न विशिष्ठ खालका समस्याहरु उत्पन्न भएका पक्कै हुन । तत्कालिन रुपमा पार्टीको निर्देशन समितिले गरेको निणर्यलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा हामीमाझ व्यापक रुपले छलफल चल्यो । यद्यपि आम विद्यार्थीको माग थियो नेविसंघमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने विषय । स्वभाविक रुपमा आम विद्यार्थीको नेता हुनुको नाताले म निर्भिक भएर पक्षमा लागे भन्न पटक्कै अप्ठ्यारो लाग्दैन ।
अहिले बनेको विधान पार्टीले बनाएको हो कि विद्यार्थीसंघले ?
नेपाल बिद्यार्थी संघको बिधान संशोधनका सम्बन्धमा विभिन्न तीन बिधि र पद्धती प्रचलित छन । एउटा नेपाल विद्यार्थी संघले सिनेट बोलाएर विधान संसोधन गरेर विधान बनाउन सक्छ । दोश्रो महाधिवेशनको पुर्व सन्धयामा नेपाल विद्यार्थी संघको विधान चेन्ज गर्न सक्छ । तेश्रो नेपाल विद्यार्थी संघको विधान मात्तृपार्टी नेपाली काँग्रेसले बनाउन तथा परिमार्जन गर्न सक्ने व्यवस्था छ । यद्यपि यसपटको बिधान संशोधनको विषयमा यहाँको जुन प्र्रश्न छ । यसपटकको विधान ११ औँ महाधिवेशनको केन्द्रिय समिति र तयारी निर्देशक समितिले बनाएको थियो त्यही विधान अहिले पार्टीले अनुमोदन गर्न लागेको अवस्था हो ।
त्यही विधानलाई लिएर पार्टीमा र विद्यार्थी संघमा अन्तरविरोध देखियो अब के हुन्छ ?
नेपाल विद्यार्थीसंघको विधान हामीले अझैै पाएका छैनौँ र नेपाली काँगे्रसको केन्द्रिय समितिबाट पनि अझै पारित भएको छैन् । नेविसंघको तत्कालिन ११ औँ महाधिवेशनमा उमेरहद विषयमा लेखेको कुरालाई निरन्तर दिने नदिने भन्ने कुरा केहि समय पहिलेको मिटिङ बस्यो र धारा ५ मा भएको ३२ वर्ष उमेर हदबन्दी लागु गर्न सहमत भयो । देश संघियतामा गएपछि नेविसंघलाई पनि संघिय संरचना लैजानुपर्ने कार्यभार अहिले हामीबीचमा छ । यी कुरा अझै बाकी छन् । अहिले पार्टी भित्र जुन कुरा देखियो र नोटअफ डिसेन्टका कुरा पनि आयो ।
यसमा स्वभाविक रुपमा अबको नेतृत्वको पाईपलाईनमा भएका साथीहरुलाई केही असन्तुष्टि देखिएको पक्कै हो । तर यसमा पक्ष बिपक्षमा उभिनुपर्ने वा उमेर हदको विषयमा यत्रो मतभेद देखिनुपर्ने मलाई लाग्दैन । हो लामो समयदेखी उमेरको हद नलाग्दा जुन हिसावले नेतृत्व चयन हुने गरेको थियो । यहि प्रक्रियामा हुदाँ नेतृत्वमा पुग्न सक्ने साथीहरुको मनोभावनालाई अब नयाँ व्यवस्था अनुसार पनि पार्टीले अवस्य मुल्याकन गरेको केही फरक जिम्मेवारी दिनेछ र यसको स्वत समाधान हुने विश्वास मैले लिएको छु । यसबाहेक यहिबीचमा पार्टीका आदरणिय नेताहरुले पनि नोटअफ डिसेन्ट लेख्नु भएको छ । यसको अर्थ उमेर हद भन्दा बढि कतै नेविसंघको महाधिवेशन नहुन त होईन भन्ने आशंकाका कारण हो । ३२ वर्ष उमेर हदबन्दी लाग्योे भनेर यो बिवाद भएको हो भन्ने होइन् ।
यसको अर्थ अहिलेको विवाद ३२ वर्ष उमेरहदका कारण होईन ?
बिल्कुल, अहिलेको बिवाद उमेर हदको विषयमा होईन । केही निश्चित व्यक्तिबाहेक पार्टी नेताहरु उमेर हदका विषयमा पुरै एकढिक्का हुनुहुन्छ । यद्यपि त्यो सँगसँगै अन्य राजनीतिक गतिवीधीहरु अवश्य जोडिएका छन् । जस्तै: पार्टीको मुल नेतृत्वले अन्य नेताहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न नसक्नु र बेला बेला पार्टीको विधी र विधानले र्निदिष्ट गरेका सिद्धान्त भन्दा पार्टी नेतृत्व बाहिर जाने गरेका सवालमा उहाँहरु संशकित भएकाले मात्रै विवाद जस्तो देखिएको हो ।
अहिले आएको विधान नेविसंघको प्रस्तावित नभएर कुनै सिमित व्यक्तिबाट आएको हो भन्ने आरोप छ नि ?
नेपाल विद्यार्थी संघको केन्द्रिय समितिको बैठक बसीसकेपछि मैले नै ३२ वर्षको उमेरहदबन्दी लाग्नुपर्छ भनेको हुँ । तर उतिबेला नेविसंघकै केहि साथीहरुले त्यसको विरोध गर्नुभयो । यद्यपि पछिल्लो समय जुन रुपमा नेविसंघमा उमेर हद लगाउने बिषयलाई नेतृत्वले पनि जोडदार रुपमा उठायो यो सकारात्मक छ । तर यो आम विद्यार्थीमा छलफल गरि राय सुझाव लिएर आएको अवस्था भने तपाईले भनेजस्तै नभएकै हो ।
नेविसंघभित्र चरम गुटबन्दि छ, गुटउपगुटबीच चर्को अन्तरविरोध देखियो नी ?
संगठन भित्र पछिल्लो समय मौलाएको गुटबन्दी र नेताको दासमोड प्रवृतिबाट हुर्किएका नेताहरुको कारण समस्या देखिएको पक्कै हो । तर एउटा नेपाल विद्यार्थी संघको जिम्मेवार नेताका हिसावले मेरो चाहाना केहि फरक मत हुन स्वभाविक छ । तर फरक मतलाई विधी र विधानको प्रकृयाबाट हल गर्नुपर्छ । नेविसंघमा केही साथीहरु हुनुहुन्छ जसले जुनकुनै अप्ठ्यारो अवस्थाको समाधान पनि बिधि र बिधानले निर्दिष्ट गरेअनुसार हुनुपर्छ भन्नुहुन्छ तर कतिपय साथीहरु आफ्ना निहित अभिष्ट पुरा गर्न कतिपय अवस्थामा विधीबिधानलाई धोती लगाउन पनि पछि नपर्ने प्रवृत्तिका कारण यस्तो देखिएको हो ।
नेविसंघ माऊ पार्टीको कब्जाबाट उम्कन सकेन भन्ने आरोप छ नी तपाई के भन्नुहुन्छ ?
हो नेपाली काँग्रेस पार्टीभित्र अहिले विभिन्न विकृति विसंगती छन् । यसको एउटा उदारहण नेपाल विद्यार्थी संघलाई पनि बनाउन खोजिएको छ । नेवि संघलाई पार्टीले आफ्नै कब्जामा राख्ने धृष्टता बेला बेला नभएका होईनन । तर अब यसले निरन्तरता पाउदैन । नेविसंघको अवको नेतृत्व जुझारु जिम्मेवार नेतृत्व तयार हुदैछ । स्वाभाविक रुपमा नेपाली काँग्रेसले किन पछिल्लो निर्वाचनमा अनपेक्षित पराजय भोग्नुप-योे । नेविसंघभित्र नेपाली काँग्रेसभित्र किन चरम गुटबन्दि मौलाउदै छ । यि यावत कारणहरुबारे जानाकार अबको नेतृत्व यो कुरालाई गम्भिर रुपमा मनन गरेर अघि बढ्नेछ । म फेरि पनि दोहोराएर भन्न चाहे अब नेविसंघको पार्टीको कब्जामा रहिरहने छैन ।
अहिले देखिएको विवादले महाधिवेशन निर्धारित मितिमा नहुने त पक्का जस्तै भयो । कतै पार्टी नेतृत्वले यहि बाहानामा टिका लगाएर नेविसंघको नेतृत्व चयन गर्ने अवस्था आउने त होईन ?
मैले अगाडी पनि भने महाधिवेशनको विकल्प महाधिवेशन मात्रै हो । लाखौं बिद्यार्थीको ढुकुढुकी नेपाल विद्यार्थीसंघको महाधिवेशन निर्धारित समयमा हुने बिषयमा केही समस्या हुन सक्ने देखियो । केही बिशिष्ट खालको परिस्थिती जुन बनेको छ यसले कार्तिक १६ र १७ जुन तोकिएको मिति थियो । यहि मितिमा हुन नसकेपनि महाधिवेशन अपरिहार्य छ । सायद पार्टीले पनि यो गम्भिर परिस्थितीलाई बुझेको छ । यसकारण मिति थपेरै भएपनि महाधिवेशन हुन्छ । अब पार्टि नेतृत्वले टिका लगाउला आफु अनुकुलको मान्छे छानेर लाखौ विद्यार्थीको ढुकढुकी नेवीसंघलाई जिम्मा लगाउला भन्ने नसोचे हुन्छ । न त्यस्तो प्रयत्यन अब हुनेछ न नेविसंघले यस्तो अवस्थालाई स्विकार गर्नेछ ।
महाधिवेशन भयो भने तपाई बर्तमान उपाध्यक्षका नाताले आगामी कार्यकालाका लागी अध्यक्षमा दाबी रहन्छ की रहन्दैन ?
मैले धेरै पटक भने महाधिवेशन भयो भने भन्ने कुरा छाडिदिनुहोस् । जुनकुनै हालतमा पनि महाधिवेशन हुन्छ । रह्यो उपाध्यक्षका नाताले आगामी कार्यकालका लागी अध्यक्षमा दाबी रहन्छ वा रहदैन भन्ने तपाईको प्रश्न । यसमा ढुक्क हुनुहोस् अब मेरो दाबी वा रहर भन्दा पनि मैले नेविसंघको अबको नेतृत्व गर्नुपर्ने बाध्यात्मक अवस्था छ । पहिलो त म वर्तमान उपाध्यक्षको रुपमा विद्यार्थीका बीचमा लामो समयदेखी संर्घषका हरेक अग्रमोर्चामा सहभागी भए । आम शिक्षा क्षेत्रका समस्यालाई जोडदार रुपमा उठाउन होस वा विद्यार्थीका हकहितका सवालमा निरन्तर आवाज उठाउने सवालमा म डटेर लडिरहेको छु । यसले स्वभाविक अबको अध्यक्षको दाबी गर्नुपर्ने अवस्था थियो ।
यद्यपि बिधान संशोधन पहिलेको अवस्थामा धेरै मेरो अग्रज साथीहरु हुनुहुन्थ्यो जस्तै निलकण्ठ रिजाल, उर्मिला थपलिया , कुन्दन काफ्ले, डिल्लिराम सुवेदी, सरोज थापा, दिपक भट्टराई । उहाँहरुको भूमिका,योगदान र क्षमताका आधारमा मैले अध्यक्ष दाबी गरिरहदाँ केही सोच्न सक्ने अवस्था बिद्यमान थियो । तर जुन नेविसंघको नयाँ बिधानले ३२ वर्षे उमेर हद लाग्ने भयो । अब स्वंत उहाँहरु नेविसंघको नेतृत्वको रेशबाट बाहिरिनुभएको अवस्था छ ।
यस्तो अवस्थामा बलिदानीपूर्ण सर्घषबाट खारिदैं आएको नेविसंघलाई नेतृत्वबिहिन हुनबाट जोगाउन । नेपाल विद्यार्थी संघको स्प्रिटलाई अझै धारिलो बनाउन । नेविसंघभित्रको चरम गुटबन्दिलाई अन्त्य गर्न मेरो लागी यो ऐतिहासिक अवसर र चुनौती मात्रै होईन मेलै नेतृत्व गर्नैपर्ने बाध्यात्मक अवस्था आएको छ । यसलाई आम विद्यार्थी साथीहरुले पनि बुझ्नुभएको छ ।
उमेर हद नलाग्नेहरु पनि अबको अध्यक्ष बन्न चाहाने धेरै छैनन र भन्या ?
हो यत्रो २०औ लाख विद्यार्थीको नेतृत्व गर्ने सवालमा चाहना राख्नेहरु नै नहुने भन्ने कुरा त रहेन । तर चाहाना राख्ने र यत्रो ईतिहास बोकेको नेपाल विद्यार्थी संघलाई नेतृत्व दिने कुरा नितान्त फरक हो । नेपाल विद्यार्थी संघलाई अब अध्यक्ष बनिदिने मान्छेको खाँचो होईन । नेपाल विद्यार्थी संघको मर्म र यसको स्प्रिटलाई अझै धारिलो बनाउन सक्ने कुशल नेतृत्वको खाँचो छ । मेरो मानसपटलमा नेपाल विद्यार्थी संघको राजनीतिले नेविसंघको अबको बाटो , नेविसंघको भविष्य, नेपालको बिद्यमान शैक्षिक प्रणालीमा समयअनुकुल सुधार, विद्यार्थी हकहितका सवालप्रति खास अठोट छ ।
हो तपाईले भनेजस्तै अबको अध्यक्ष बन्न चाहाने धेरै हुनुहुन्छ होला । आकांक्षा हुन स्वभाविक हो । हामी अहिले यस्तो बिषम परिस्थितीमा छौ । विगतमा हाम्रा बिचमा पनि धेरै कमजोरी भए । गुट उपगुटका कुरा, नेविसंघ पार्टी नेतृत्वको दास बन्ने कुरा । यी यावत समस्यालाई चिरेर यो विशिष्ठ परिस्थितीमा केही खास ऐतिहासिक जिम्मेवारी पुरा गर्न पनि मैले अघि पनि भनिसके अबको नेतृत्वमा मेरो चाहाना भन्दा बढि बाध्यात्मक परिस्थिती बन्दैछ । मैले यो अवस्थालाई राम्रोसँग बुझेको छु । नेविसंघको आगामी नेतृत्वका तयार छु ।
महाधिवेशन जुन कुनै हालतमा हुनुपर्छ भन्नुहुन्छ तपाई , तर महाधिवेशनबारे अहिले जुन अन्योलता छ यसलाई चिर्न के गर्नुपर्छ ?
महाधिवेशन नहुने हो कि भन्ने एउटा आशंका उमेर हदबन्दीकै कारण थियो सायद , त्यो पार्टीले पारित गरिदिएपछि र्निमुल भएकोे छ । पार्टीको विनियोजन विधान अब राज्य पुर्नसंरचनाअनुसार जानुपर्छ भन्ने कुरा पनि अब हामी माझ लगभग पक्का पक्की भयो । मात्रै अहिलेको मतभेद पार्टीले बिधान पारित गर्नुपूर्व सामान्य छलफल गरेर अघि बढेको भए अहिलेको अवस्था आउने थिएन भन्ने हो । नेतृत्वले त्यसमा गल्ती गरेको छ तर त्यसले आकाश खसिहाल्ने अवस्था पनि होईन ।
फेरी त्यही बहानामा नेपाल विद्यार्थी संघको विधान रोकेर राख्ने धृष्टता कसैले गर्नुहुदैन । जुन पहिले निर्धारण भएको मिति थियो यो मितिमा महाधिवेशन अब सम्भव रहेन । बिधान हेरेपछि नेपाल विद्यार्थी संघको केन्द्रिय समितिको बैठक बसेर फेरि महाधिवेशन मिति तोक्छ । तोकेको मितिलाई पार्टीका नेता नेविसंघका नेताहरुले सहयोग गर्नुको विकल्प छैन् । जसरी भएपनि उहाँहरु आउनुहुन्छ र महाधिवेशन हुन्छ । यसमा दुविधा छैन् ।
परियारसँगको भिडियो अन्र्तवार्ता हेर्न तलको लिंङ्क क्लिक गर्नुहोस :


Related posts

Leave a Comment