ओपेकबाट बाहिरने कतारको घोषणा


अमृत शर्मा, दोहा ।
खाडी मुलुक कतारले पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको समूह ओपेकबाट बाहिरिने निर्णय गरेको छ। कतारका उर्जामन्त्री साद सेरिदा अल काबीका अनुसार १५ वटा देश सदस्य रहेको ओपेक बाट कतारको पेट्रोलियम ग्यासको विकास र उत्पादन बढाउन यहि जनवरी १ देखि बाहिरिन लागेको हो ।  बार्षिक ७ करोड ७० लाख टन पेट्रोलियम पदार्थ उत्पादन गरिरहेको कतारले अब त्यो बढाएर ११ करोड टन पुर्‍याउने लक्ष्य रहेको र सोहि अनुसार आगामी डिसेम्बर ६ मा हुन लागेको ओपेक बैठक अघि नै ओपेक समूह छोड्ने घोषणा गरेको काबीले बताएका छन्।  ओपेकमै रहेका साउदी अरेबिया, युएई, इजिप्ट र ओपेकमा नभएको बहराइनले नाकाबन्दी लगाए पनि आत्मनिर्भर भई अगाडि बढिरहेको कतारले गरेको यो निर्णयलाई अर्थपुर्ण निर्णय का रूपमा हेरिएको कतारका सञ्चार माध्यमहरूले जनाएका छन्। कतार १९६१ मा ओपेकको सदस्य बनेको थियो।


Related posts

Leave a Comment