पानी बोक्ने ट्याङकरका कारण बालाजुमा १५ जनाको मृत्यु (भिडियोसहित)


उपत्यकाको बालाजु गंगाहल आसपासको सडकमा दैनिक ४ देखि ६ वटा सवारी दुर्घटना हुने गरेका छन् ।
नयाँ बसपार्क त्यसैमा लामो दुरी तथा छोटा दुरीका सवारी साधन गुड्ने व्यस्त सडकमा दैनिक दुर्घटना हुँदा मानिसले आकालमै ज्यान गुमाउनुपरेको छ ।

 

चक्रपथ परिक्रमाको मुख्य सडक गंगाहल क्षेत्र आसपासमा रहेको पानीका उद्योगबाट पानी बोक्ने ट्याङकरका कारण दैनिक दुर्घटना हुने गरेको प्रहरी बताउँछ ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कका प्रहरी नायव निरिक्षक जे जङ्ग कार्कीका अनुसार पहिलेको भन्दा सडक दुर्घटना बढेको र पानीको ट्याङकरहरुका कारण पनि मानिसले ज्यान गुमाउनुपरेको हो । उनी भन्छन् साधुरो सडक र सडकै नजिक रहेको मन्दिर र चालकको लापरबाहीका कारण दुर्घटना बढेको हो ।

सडकको नजिकै बसपार्कमा जस्तै सवारी पार्किङ गरी राखिएका ट्याङकर जति बेला पनि सडक क्रस गर्दा दुर्घटनाको जोखिम बढेको हो ।
रोकेर राखेको ट्याङकर मुख्य सडकमा प्रवेश गर्दा दुर्घटनामा मानिसले ज्यान गुमाउन परेको छ ।

चक्रपथमा चल्ने सवारीहरू आफ्नो गतिमा गुडिरहेका बेला कुनैसावधानीबिनै ट्याङकर सडकमा प्रवेश गर्दा दुर्घटना बढेको हो । बिहान र साँझको समयमा मेन सडकमा निस्कने ट्याङकरलाई बैकल्पीक मार्ग नहुँदा दुर्घटनाको जोखिम बढेको ट्याङ्कर चालक बताउँछन्।

महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कको तथ्याङकमा ०७४ वैशाखदेखि ०७५ असार सम्म ५ सय ४३ ओटा सवारी यो स्थानमा दुर्घटना भएको उल्लेख छ । ती मध्ये १२ जना पुरुष, २ महिला र १ बालिकाले अकालमै ज्यान गुमाएका छन् ।

ज्यान गुमाउने १५ भए पनि घाइते भई जीवन मरणको दोसाँधमा रहको तथ्याङक भने प्रहरीसँग छैन । अहिले ट्रयाफिक प्रहरीले जनचेतनाको कार्यक्रमम गरे पनि सवारी चालकै कारणले दुर्घटना न्युनिकरण गर्न समस्या परेको बताएका छन् ।

कार्कीका अनुसार पहिलेको भन्दा दुर्घटना बढेकाले त्यसमा सडक विभाग पनि जिम्मेवारी हुने बताउँछन् । सडकको नजिकै दुर्घटनाग्रस्त क्षेत्र भन्दै होडिङबोड राखे पनि यो प्रभावकारी देखिएको छैन । सडक विभाग र ट्रयाफिक प्रहरीलेको लापरबाहिका कारण यो क्षेत्रमा दुर्घटना बढेको आरोप स्थानीयको छ ।
पैदल यात्राको समेत निक्कै चाप हुने यो स्थानमा यात्रुलाई सडक पार गर्ने जेब्रा क्रस समेत छैन । पानी उधोगका कारण सडकसम्मै हिलो र पानीको ट्याङकरका चालकको लापरबाहीका सँगै अन्य सवारी चालकका कारण समेत यो क्षेत्र उपत्यकाको ब्ल्याक स्पटका रूपमा समेत चित्रित हुने गरेको छ ।

बालाजु क्षेत्रमा भएका भयानक दुर्घटनाका भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् र यस्तै अन्य भिडियो हेर्न हाम्रो यूटयूब च्यानल गर्नुहोस्

यो पनि हेर्नुहोस् काठमाण्डौमा एउटा यस्तोसम्मको पुल छ

५ महिनामा ५ हजार दुर्घटना भएको काठमाण्डौ उपत्यकाको पुल (भिडियो सहित)


Related posts

Leave a Comment