चितामा राखेको शवसहित मलामी पक्राउ


चितामा राखिएको शवसहित मलामीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार सेतीवेणीस्थित कालीगण्डकी किनारमा जलाउन तयारी अवस्थामा राखिएको शवसँगै प्रहरीले मलामी गएका चारजनालाई पनि नियन्त्रणमा लिइएको हो। गल्याङ नगरपालिका–६ का १९ वर्षीय तिलबहादुर थापाको शिकार खेल्न जाने क्रममा मंगलबार बन्दुक पड्किएर मृत्यु भएको थियो । शव हेर्दा शंका लाग्ने भएकोले घटनाको बारेमा अनुसन्धान गर्न उनीहरुलाइृ नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार शिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्कदा उनी घाइते भएका थिए। उपचारको क्रममा गल्याङतर्फ लैजादा बाटोमा नै मृत्यु भएकोहो । शिकार खेल्नको लागि लगेको एकनाले एकवटा भरुवा बन्दुकसहित शिकार खेल्नप्रयोग भएकोलु १ च २५६१ नम्बरको जीप प्रहरीले नियन्त्रणमा लिएको छ ।


Related posts

Leave a Comment