पत्रकार विकलाई पक्राउ गरिएको प्रति क्रान्तिकारी पत्रकार संगठनको गम्भीर ध्यानआकर्षण


बझाङका पत्रकार गणेश विकलाई प्रहरीले पक्राउ गरेको छ । साईपल पोस्ट डटकमका प्रबन्ध सम्पादक विकलाई समाचार लेखेकै भरमा कार्यालयबाटै पक्राउ गरिएको हो । घुमुवा प्रहरीको मिलेमतोमा आगूऔषधको तस्करी हुँदै शीर्षकमा उनले समाचार लेखेको थिए । उनको गिरफ्तारीप्रति क्रान्तिकारी पत्रकार सङ्गठनले आफ्नो गम्भीर ध्यानआकर्षण भएको जनाएको छ ।


पत्रकार विकलाई तत्काल रिहा गर्न सङ्गठनले माग गरेको छ । क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रकाश डुमे्र तथा महासचिव हिम विष्टद्वारा जारी संयुकत विज्ञप्तिमा भनिएको छ,क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालमा आस्थावान् तथा सङ्गठित सदस्य पत्रकार विकलाई समाचार लेखेको विषयलाई लिएर बिहीबार साँझ कार्यालयबाटै प्रहरीले पक्राउ गरेको प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारकै कारण उनलाई प्रहरी प्रशासनले नियोजित ढङ्गबाट पक्राउ गरेको छ, हाम्रो सङ्गठन पत्रकार गणेश विकलाई तत्कालै विना सर्त रिहाइ गर्न जोडदार माग गर्दै समाचारसँग असहमति छन् भने सम्बन्धित ठाउँबाट निकास खोज्न समेत अनुरोध गर्दछौँ । ’
केही समय अगाडी काठमाडौँबाट पत्रकारलाई समेत यस्तै झुटो मुद्दा लगाएर १७ दिनसम्म हिरासतमा राखिएको घटना सेलाउन नपाउँदै फेरी अर्का पत्रकारलाई समाचार लेखेकै भरमा यसरी समातिनु आफैँमा आश्चर्यजनक र नियोजित घटना भएको भन्दै सङ्गठनले आफ्नो सङ्गठनमा आस्थावान् पत्रकारलाई यसरी पक्राउ गर्नु समग्र पत्रकारितामाथिको अङ्कुश भएको बताएको छ ।


Related posts

Leave a Comment