सरकारी कर्मचारीको पेन्सन पनि योगदानमा आधारित


अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीलाई प्रदान गर्दै आएको पेन्सन प्रणाली परिवर्तन हुने बताएका छन् । ।
सिंहदरबारमा मंगलबार बसेको अर्थ समिति बैठकमा निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको दफावार छदफलमा अर्थमन्त्री खतिवडाले पेन्सनको मोडेल फेर्ने कार्य योजना प्रस्तुत गरेका हुन् । उनले विकासमा लगाउनु पर्ने अर्बौ रकम कटौती गरेर पेन्सन वितरण गर्नुपर्ने बर्तमान अवस्था परिवर्तन हुने समेत बताए । हाल पेन्सनको शीर्षकमा वार्षिक ५३ अर्ब रुपैयाँ सरकारले खर्च गरिरहेको छ । वि.सं २०६४–६५ तिर यो ६ अर्ब रहेको थियो । अबको १० वर्षपछि यो रकम बढेर १ खर्ब पुग्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ । यसरी पेन्सनको नामको राज्यलाई धेरै आर्थिक भार पार्न नहुने मन्त्री खतिवडाको भनाई छ । अब नयाँ भर्ना हुने कर्मचारीका लागि योगदानमा आधारित पेन्सनको व्यवस्था गरिने उनले बताए । कुनै पनि व्यक्तीले पेन्सन र बृद्धभत्ता दुवै लिने व्यवस्था पनि अव अन्त्य हुने उनको भनाई छ ।

योगदानमा आधारित पेन्सनको व्यवस्था अनुसार कर्मचारीको ६ प्रतिशत र सरकारको ६ प्रतिशत गरेर कोषमा जम्मा गरिनेछ । ६० वर्ष पुगेका कर्मचारीलाई सोही कोषबाट पेन्सन सुविधा प्रदान गरिनेछ । बैठकले उक्त निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा परेका केहि संसोधनमाथि दफावार छलफल गर्दे केहि बिषयमा संसोधन समेत गरेको छ ।


Related posts

Leave a Comment