फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य


सोमबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धी गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ । यससँगै अब पेट्राेलकाे नयाँ मूल्य ११४ रडिजेल/मट्टितेलको १०१ कायम हुने भएकाे छ ।

निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ। अहिले पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटर २८ रुपैयाँ ४४ पैसा सस्तो रहेको निगमको भनाइ छ ।

मूल्य बढाएपछि निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७२ पैसा नाफा हुने प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।


Related posts

Leave a Comment