फिलिपिन्सकी सुन्दरी बनिन् ‘मिस युनिभर्स’


मिस युनिभर्स २०१८ को उपाधि फिलिपिन्सकी क्याट्रिओना ग्रेले जित्न सफल भएकी छन् । थाइल्याण्डकको बैंककमा सोमबार बिहान भएको फाइनलमा साउथ अफ्रिका र भेनेजुयलाकी सुन्दरीलाई पछि पार्दै ग्रेले ताज पहिरिइन्। प्रतियोगितामा दक्षिण अफ्रिका ‘फस्ट रनरअप’ हुँदा भेनेजुएला ‘सेकेन्ड रनरअप’ बन्यो। प्रतियोगितामा नेपाली प्रतियोगी मनिता देवकोटा ‘उत्कृष्ट १०’ मा पुगेर बाहिरिइन्। एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा परे पनि उनी उत्कृष्ट १० बाट बाहिरिएकी हुन्।

प्रतियोगितामा अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ सुन्दरी छनौंट गरी १५ जना र ५ जना ‘वाइल्ड कार्ड’मार्फत् गरी उत्कृष्ट २० छानिएका थिए। मनिता एसिया प्यासिफिक तथा अफ्रिकाबाट तेस्रो नम्बरमा थिइन्।

उत्कृष्ट १० मा नेपालसँगै दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, फिलिपिन्स, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिकोका सुन्दरीहरू छनौंट भएका थिए। यी सुन्दरीमध्येबाट उत्कृष्ट ५ छनौंट गर्दा भने मनिता उत्कृष्ट ५ मा अटाउन सकिनन्।


Related posts

Leave a Comment