निर्मला प्रकरणमा प्रधानमन्त्री भन्छन्ः ‘केहीले अपराध कबुल गर्छन् तर डिएनए मिल्दैन, अचम्म छ’


प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्यामा केहीले अपराध स्वीकार गरे पछि डिएनए नमिल्नु आश्चर्यजनक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने,केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’
उनले बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् । ‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ । प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको छ । पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ ।

नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धानमा सक्षम भए पनि निर्मला पन्तको घटनामा भने अपराधी पत्ता नलाग्नु दुखद भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने पनि दावी गरे । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी बनाउन हामी सक्छौं भन्नेमा विश्वस्त छौं, सरकार यसमा लागिरहेको छ ।’


Related posts

Leave a Comment