पोखराबाट पनि श्रम स्वीकृतीः श्रम मन्त्रीले गरे सुरुवात


सरकारले बिहीबारदेखि गण्डकी प्रदेशबाट पनि श्रम स्वीकृति दिन थालेको छ । पोखराको शहीद चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति दिन थालेको हो ।

श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चन्द्रमान गुरुङलाई स्वीकृति प्रदान गर्दै सेवा सुरु गरेका हुन् ।

सेवा सुरु गर्न मन्त्री विष्टसँगै श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल पनि पोखरापुगेका छन्। यसअघि जनकपुर र बुटवलबाट पुनःश्रम स्वीकृति दिन थालिसकिएको छ ।


Related posts

Leave a Comment