ए डिभिजन लिग: पुलिस क्लबको विजयी सुरुवात


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा विभागित टोली पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १—० ले पराजित गर्यो । पुलिसका लागि अजिज भण्डारीले खेलेको ३१ औं मिनेटमा गोल गरेका थिए ।

यसअघि आजै भएको पहिलो खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २—१ गोलअन्तरले पराजित गरेको थियो ।


Related posts

Leave a Comment