पोखरा प्रिमियर लिगको उपाधि पोखरालाई


सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि पोखरा पल्टनले उचालेको छ। पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज शरद भेषावकर कप्तानीमा रहेको पोखरासँग तीन विकेटले पराजित भएको हो। पोखराका लागि रवीइन्द्रर सिंहले ५८ बलमा सर्वाधिक ९० रन बनाए।  १६१ रनको लक्ष्य पछ्याएको पोखराले चार बल बाँकी तीन विकेटको जित दर्ता गरेको हो । रोमाञ्चक खेलमा विनोद भण्डारीको चौकाले पोखरालाई उपाधि दिलाएको हो ।   रवीइन्द्रपछि पोखराका लागि मोहम्मद नाभिद २५, कप्तान शरद २२, आशिफ सेखले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कुशल भुर्तेल चार रनमा आउट भए भने रोहित पौडेल शून्य रनमै आउट भए ।

पछिल्ला दुई वर्षमा घरेलु फ्रेन्चाइज क्रिकेट लिगका तीनमध्ये दुई फाइनल खेलमा खड्का र शरद भिडेका थिए । दुवै भेटमा पारसले आफूलाई अब्बल सावित गर्दै टोलीलाई उपाधि चुमाएका थिए। यस पटक भने शरदको टिमले उपाधि उचालेको हो।

सन् २०१७ को अप्रिलमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)को फाइनल खेलमा पारसको कप्तानी रहेको धनगढी टिम चौराहाले शरदको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई ६२ रनले पराजित गर्दै उपाधि जितेको थियो। सोही वर्षको डिसेम्बरमा काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा पनि उनै पारसको नेतृत्वमा रहेको विराटनगर किङ्सले फेरि शरदकै नेतृत्वको भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै उपाधि चुमेको थियो। दुई वर्षको अन्तरालमा शरदले उपाधि चुमेका हुन्।


Related posts

Leave a Comment