मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति प्रचण्डको असन्तुष्टि


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन्। अध्यक्ष दाहालले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

बिहीबार पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै उहाँले विद्यालय तहदेखि नै कराते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन पनि दिए।


Related posts

Leave a Comment