प्रदेश–२ को सरकार परिवर्तन हुने विषय हल्ला मात्रै


अनील पोखरेल
पुष १८ ,राजविराज ।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रदेश–२ को सरकार परिवर्तन हुने र मुख्य मन्त्री हेरफेर हुने विषय हल्ला मात्रै भएको प्रतिक्रिया दिए छन । सप्तरीको राजविराजमा बुधबार सञ्चारकर्मीहरुसित कुरा गर्दौ संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले भने,‘ मौलिक हक उपभोगको दिशामा मुलुक अघि बढेको छ । संविधान संशोधनकोे विरोध गर्नेहरु पनि अहिले सकारात्मक भएका छन, संशोधनको कुनै समयसीमा भने हुँदैन ।’ यादवले संशोधनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुन लागेको बृहत स्वास्थ्य शिविरको तयारीका लागि बुधबार गृह जिल्ला सप्तरी आएका यादवले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका संविधान प्रदत्त मौलिक हक उपभोगको वातावरण बन्दै गएको बताए । मन्त्री यादवले संविधान संशोधनको मुद्दामा हामी कायमै छौं, यसको विरोध गर्नेहरु पनि अहिले सकारात्मक भएको बताएका छन् ।संविधान संशोधनको एजेण्डा पनि यथावत रहेको यादवले बताए । जबरजस्ती संविधान जारी गरेका पक्षले पनि संशोधन नगरी हुन्न भन्ने महसुस गर्न थालेकाले संशोधनको उचित वातावरण बन्दै गएको उनले बताए । अहिलेको संविधानको महत्वपूर्ण भाग भनेको मौलिक हक हो, त्यसको उपभोग गराउन १६ वटा ऐन बनेका छन,’ यादवले भने,‘मुलुक अब त्यही दिशामा अघि बढेको छ ।’सञ्चारकर्मीहरु सग को भेटघट पछि स्वास्थ्य मन्त्री यादवले फागुन–१ गतेदेखि सप्तरी सदरमुकाम राजविराजमा सञ्चालन हुने बृहत् स्वास्थ्य शिविर सञ्चालनका लागि सरोकारवालासँग छलफल गरेका छन् ।स्वास्थ्य शिवीरबाट सप्तरी, सिरहा, उदयपुर र सुनसरी जिल्लाका बिरामीले सेवा लिन सक्ने स्वास्थ्य सचिव पुष्पा चौधरीले जानकारी दिइन ।


Related posts

Leave a Comment